महिला भलिबलको उपाधि नव मालिकालाई
बाग्लुङ | पुस १४, २०८०
बागलुङ: सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नव मालिका युवा क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा नव मालिकाले निर्माण व्यवसायी संघ बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट १२–२५ ले गुमाएको थियो । चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि जितेको हो ।
शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।
प्रथम भएको नव मालिका युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

